नियम ३०
चलन चलाइ दिनुपर्ने
(१) नियम २९ बमोजिम चल अचल सम्पत्ति लिलाम विक्रीमा सकार गर्ने व्यक्तिलाई ऋण असुली अधिकृतले त्यस्तो चल अचल सम्पत्तिको चलन पूर्जी दिई त्यस्तो चल अचल सम्पत्तिको चलन चलाइ दिनु पर्नेछ ।
(२) उप नियम (१) बमोजिम चलन चलाइ दिंदा ऋण असुली अधिकृतले आवश्यक परेमा स्थानीय प्रशासन तथा प्रहरीको सहयोग लिन सक्नेछ । यसरी सहयोग मागेमा ऋण असुली अधिकृतलाई सहयोग गर्नु स्थानीय प्रशासन तथा प्रहरीको कर्तव्य हुनेछ ।